
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटघाट गरेका छन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र राजदूत प्रिन्जबीच भेटघाट भएको हो । भेटमा राजदूत प्रिन्जले प्रधानमन्त्री प्रचण्डलाई बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै भेटमा दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने विषयमा समेत छलफल भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij