
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । बागमती प्रदेशको सभामुख पदका लागि नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन् । बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर अधिकारीले सभामुख पदमा मनोनयन दर्ता गरेका हुन् ।
उनले कांग्रेसका सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र रामकृष्ण चित्रकारको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । अधिकारीले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम ९२० बमोजिम मनोनयन दर्ता गरेका हुन । उनी कांग्रेसको कोटामा धादिङबाट समानुपातिक सांसद चुनिएका हुन् । ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij