Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रदेश १ मा सभामुखको निर्वाचन आज

प्रदेश १ मा सभामुखको निर्वाचन आज

  • काठमाडौं ।  प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । यहाँ माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी रहेका कारण उनी निर्विरोध निर्वाचित हुँदै छन् ।

    images
    images
    images

    प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।

    सत्ता गठबन्धनको भागबन्डामा प्रदेश १ को सभामुख माओवादी केन्द्रको भागमा परेको छ भने उपसभामुख एमालेले पाउनेछ । उपसभामुखको निर्वाचनका लागि मनोनयन आज हुनेछ ।

    शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनेछन् । शनिबार उपसभामुखको निर्वाचन पछि प्रदेश सभा बैठक केही दिनका लागि स्थगित गर्ने तयारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij