
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडाैं। प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन् । नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम नियुक्त माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको धारा १६८(४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम विश्वासको मत लिने भएका छन् ।
प्रदेश सभा सचिवालयका सचिव गोपाल पराजुलीले विश्वासको मत लिने प्रयोजनका लागि मिति पुस २९ गते ११स्०० बजे विश्वासको मत प्राप्त गर्ने सूचना टाँस भएको बताए ।
मुख्य मन्त्री कार्की ६० जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्य मन्त्री भएका हुन । उनलाई एमालेका ४०, माओवादीका १३ राप्रपाका ६ र जसपाका १ जना सांसदको समर्थन रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij