Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

रुकुम काण्ड : न्याय माग्न पीडित पक्ष पहिलोपटक आए काठमाडौं

रुकुम काण्ड : न्याय माग्न पीडित पक्ष पहिलोपटक आए काठमाडौं

  • काठमाडौं । गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका– ८ सोतीमा भएको घटनाका पीडित परिवार न्याय माग्न पहिलो पटक काठमाडौं आएका छन् ।

    images
    images
    images

    घटनामा पक्राउ परेका ३४ जनामध्ये ६ जनालाई अदालतले रिहा गरिसकेको र बाँकी केहीलाई रिहा गर्ने विषयमा छलफल हुन थालेपछि पीडित पक्ष न्यायको माग गर्दै बिहीवार काठमाडौं आएका हुन् ।

    मृतक नवराज विकका आमाबुबा उर्मिला विक र मुनलाल नेपाली सहित बाँकी ५ जना मृतकका अभिभावक अहिले काठमाडौंमा छन् ।

    जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले आफ्नी प्रेमिका सुष्मा मल्लसँग बिहे गर्न खोज्दा गाउँलेले लखेटेर नवराजसहित ६ जनाको निमर्म तरिकाले हत्या गरेका थिए । उनीहरुको शव भेरी नदीमा फेला परेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij