Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

गोरखा पुगे प्रधानमन्त्री प्रचण्ड

गोरखा पुगे प्रधानमन्त्री प्रचण्ड

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा पुगेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्ड पहिलोपटक गोरखा पुगेका हुन् । निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    images
    images
    images

    प्रचण्डसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सांसद राजेन्द्र बजगाईंपनि गोरखा गएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड ११ औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा लागेका हुन् । उनले प्रतिनिधिसभामा मंगलबार मात्रै विश्वासको मत लिएका थिए ।

    आज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती पनि हो । प्रधानमन्त्री प्रचण्डले गोरखामा पृथ्वीजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij