
Apr 22 2025 | २०८२, वैशाख ९ गते
वालिङ । वालिङ नगरपालिकाको मेलमिलाप केन्द्रमा आएका मुद्दा मामिला वडास्तरकै मेलमिलापकर्ताले मिलाउने गरेका छन् । नगरपालिकाले १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी वडामा भएका मुद्दा मामिलालाई वडास्तरबाटै मिलाउने गरी व्यवस्थापन गरेको छ । विभिन्न वडाका १२० जना मेलमिलापकर्ताले ४८ घण्टे तालीम लिएर नगरपालिकाको न्यायिक समितिमा सूचीकृत भएका छन् ।
सूचीकृत मेलमिलापकर्ताले प्रत्येक वडामा रहेको मेलमिलाप केन्द्रमा आएका मुद्दा मामिलाको किनारा लगाउने गर्नुहुन्छ । वडामा एक÷एक जना संयोजक र अन्य सदस्य मिलेर मुद्दाको छिनोफानो गर्ने गरिएको अनुभव वालिङ–९ की मेलामिलापकर्ता संयोजक दीपा भुसालको छ । नगर उपप्रमुखको नेतृत्वमा रहेको न्यायिक समितिअन्तर्गत हेर्न मिल्ने विभिन्न खालका मुद्दा मामिलालाई वडास्तरबाटै टुङ्ग्याउने गरेको संयोजक भुसालको भनाइ थियो । “जग्गासम्बन्धी विवाद, लेनदेन, कुटपिट, झैझगडालगायतका मुद्दा केन्द्रमा बढी आउने गरेका छन्”, संयोजक भुसालले भन्नुभयो, “दुवै पक्षको सल्लाहमा सूचीकृत मेलमिलापकर्ता छनोट गरी पीडक र पीडित पक्षले छनोट गरेको मेलमिलापकर्तामार्फत मुद्दा मिलाउने गरिएको छ ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij