Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

प्रदेश १ मा माओवादी सरकारमा नजाने

प्रदेश १ मा माओवादी सरकारमा नजाने

  • काठमाडाैं । प्रदेश नं १ सरकार गठनमा समर्थन गरेको नेकपा (माओवादी केन्द्र) सरकारमा भने सामेल नहुने भएको छ । केन्द्रमा मुख्यमन्त्रीको आलोपालो सहमति नभएपछि माओवादी सरकारमा नजाने निर्णयमा पुगेको हो ।

    images
    images
    images

    आइतबार माओवादीसहितका दलको समर्थनमा नेकपा एमालेका हिक्मत कार्की प्रदेश मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् । माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दौडमा रहेका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रमा आलोपालो नेतृत्व गर्ने सहमति गरेर आएको तर त्यो लागू हुने अवस्था नदेखिएकोले आफूहरु सरकारमा नजाने निर्णय लिएको बताए ।

    आङ्बोले काठमाडौंमा प्रदेशमा आलोपालो सरकारको नेतृत्व हुने सहमति गरेको आइतबार विराटनगरमा बताएका थिए । तर, त्यस विपरित केन्द्रीय नेताहरुको बैठकले प्रदेश–१ सरकारको नेतृत्व पूरै कार्यकाल एमालेलाई दिने निर्णय गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij