Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आइतबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । 

    images
    images
    images

    बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सांसद तामाङले राप्रपाले सरकार बनाउन पहल गरेकाले प्रचण्डलाई विश्वासको मत दिने बताएका हुन् ।  प्रधानमन्त्री प्रचण्डले २६ पुसमा संसदमा विश्वासको मत लिँदैछन् ।

    बैठकमा उपाध्यक्ष ध्रुव प्रधानले प्रतिनिधिसभाको पहिलो र विश्वासको मत लिने दिनको बैठकबारे पार्टीका सांसदहरुलाई जानकारी गराएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij