
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रदेश सरकार गठनको मिति नजिकिएसँगै भागबन्डा मिलाउनका लागि साँझ गठबन्धनको बैठक बस्न लागेको हो ।
प्रदेश १ सरकार गठनका लागि आजसम्मको समयसिमा तोकिएको छ । यो प्रदेश एमालेले नेतृत्व गर्ने निश्चित भइसकेको छ । अन्य प्रदेशमा भने सामान्य विवाद रहेकाले सहमतिबाट टुंँगो लगाउन गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुट्न लागेका हुन् ।
एमालेले प्रदेश १ सँगै बाग्मती र लुम्बिनीमा पनि दाबी गरेको छ । तर, बाग्मती प्रदेश राप्रपाले दाबी गरिरहँदा एमालेले त्यसको सट्टामा कर्णाली प्रदेश मा दाबी गर्ने बताइएको छ ।
कर्णाली र सुदूरपश्चिममा माओवादी दाबी छ तर नागरिक उन्मुक्ति पार्टीले पनि सुदूरपश्चिम दाबी गर्दा विवाद उत्पन्न भएको छ । मधेश प्रदेश भने जनता समाजवादी र जनमत पार्टीलाई आधा आधा कार्यकाल चलाउन दिनेगरी सहमति जुटाउने प्रयास भइरहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मतबारे पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिँदै छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij