Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आजको मौसम

आजको मौसम

  • काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य  प्रभाव रहेको जल तथा मौसम विभाग विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    देशका पहाडी भू–भागमा अहिले बिहानको मौसम सामान्यतया सफा रहेको छ भने तराईका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो लागिरहेको छ ।

    आज दिउँसो प्रदेश १, कर्णा-ली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

    आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij