
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । दाइजोसम्बन्धी कसूरमा डा. पंकज चौधरी जेल चलान भएका छन् । पत्नी नेहा चौधरीले हालेको मुद्दामा भएको थुनछेक बहसपछि महोत्तरी जिल्ला अदालतले रामगोपालपुर नगरपालिका-५ का पंकजलाई पुर्पक्षका लागि कारागार पठाएको हो ।
नेहाले दाइजोको नाममा आफूविरुद्ध हिंसा भएको दाबीसहित मुद्दा दायर गरेकी थिइन् ।
नेहाले श्रीमान पंकज र उनको परिवारका सदस्यविरुद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गरेकी छन् । पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij