
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । काठमाडौंमा हुने फेसन रनवेलाई तताउन बलिउड सेलिब्रिटी मलाइका अरोरा नेपाल आउने भएकी छन् । मलाइकाको फेसन स्टाइल र अन्दाजलाई नेपाली फ्यानले नजिकबाटै देख्न पाउनेछन् ।
पुस २८ गते मलाइकाले काठमाडौंमा नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनले आयोजना गर्ने फेसन रनवेमा फेसनको जादू छर्ने भएकी छिन् ।
दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुने ज्वेलरी फेसन रनवे एण्ड एक्स्पो २०२३ को शो स्टपरको रुपमा मलाइका काठमाडौं आउन लागेकी हुन् । उक्त शोमा गहना डिजाइनर, निर्माता, डिलर र खुद्रा बिक्रेता सहभागी हुने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij