Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

गृहमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा सुनुवाइ हुने

गृहमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा सुनुवाइ हुने

  • काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल हुने भएको छ । लामिछाने सांसद हुनसमेत अयोग्य रहेको भन्दै शपथ रोक्न माग गरेर सर्वोच्च रिट दायर गरिएको थियो । सर्वोच्चले प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि त्यससम्बन्धी निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

    images
    images
    images


    प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश जारी नभएपछि लामिछानेलाई शपथ लिनका लागि बाटो खुलेको थियो । उनी गृहमन्त्री नुयुक्त भइसकेका छन् ।

    नागरिकता विवादसँग जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाइएको भन्दै प्रश्न उठेको थियो । लामिछानेले आफूमाथि भइरहेको छानबिनमा कुनै हस्तक्षेप नहुने प्रष्ट्याइसकेका छन् । अमेरिकी पासपोर्ट रहेकै अवस्थामा पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट पनि बनाएको उनीमाथि आरोप छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij