
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले बल्खुखोला करिडोर क्षेत्र अन्तर्गत १० मिटरभित्र पर्ने संरचना हटाउन निर्देशन दिएको छ ।
एक सूचना जारी गर्दै नगरपालिकाको १५ नम्बर वडा कार्यालयले खड्कुलेको पुलदेखि सिभिल होम्ससम्मको क्षेत्रमा पर्ने बल्खुखोला करिडोरका स्थायी र अस्थायी दुवै संरचना हटाउन निर्देशन दिएको हो ।
१५ दिनभित्र संरचना हटाउनुुपर्ने वडाध्यक्ष घनश्याम लुईँटेलले जानकारी दिएका छन् । करिडोर निर्माणको बाँकी काम गर्नका लागि संरचना हटाउन आवश्यक रहेको उनले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij