
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि यूरोपेली संघका राजदूतको टोलीले भेट गरेको छ । प्रधानमन्त्रीलाई भेट्न राजदूत नोना डोप्रेजको टोली बुधबार बिहान बालुवाटार पुगेको थियो । भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसका साथै सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको थियो । राजदूत डोप्रेजले अर्को महिना दुई देशका ज्वाइन्ट कमिसनबीच छलफल पनि हुने भएको जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij