
Jun 06 2025 | २०८२, जेठ २३ गते
ललितपुर महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय
पुल्चोक, ललितपुर
वागमती प्रदेश, नेपाल
डेंगु ज्वरो (Dengue Fever)
परिचय - डेंगु ज्वरो अरु मौसमी ज्वरो जर्तै हो । डेंगु भाईरसवाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईवाट यो रोग मानिसमा सर्दछ ।
लामखुट्टेले टोक्ने समय - एडिन जातको लामखुट्टले प्राय गरेर दिनमा टोक्दछ । यद्दपी घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनु भन्दा २ घण्टा अगाडी यो लामखुट्टे बढी सक्रिय हुने हुनाले सो समयमा थप सचेत हुनु पर्दछ ।
लामखुट्टेको बृद्धि विकास हुने स्थान - एडिज लामखुट्टे सफा जमेको थोरै पानीमा पनि फुल पार्दछ, खासगरि पानी जम्ने टिनका डब्बाहरु, प्लास्टिकका वोतल, प्लास्टिकका खोल, टायर, सीसी, अण्डाको बोक्रा, ड्रम, वाटा, बाल्टीन, फुलदानी, गमला, कुलर, पानीका ट्याङ्की आदीमा लगायत जुनसुकै पानी जम्ने भाँडा तथा स्थानहरु जस्तै छाना, कौसी, बरण्डा, ढल, नाली, कूलो, आदीमा फुल पार्दछ र यो लामखुट्टेको बृद्धि विकास हुन्छ ।
डेंगु ज्वरो लक्षणहरु - डेंगुको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखर ७ दिन सम्म रहन सक्छ । ज्वरोसंगै निम्न लक्षणहरु देखा पर्दछन् ।
यसका साथै लगातार वान्ता हुने, वान्तामा रगत देखा पर्ने, पेट दुख्ने, स्वाश्वप्रश्वासमा समस्या आउने, नाक÷गिजाबाट रगत बग्ने, रक्तश्राव हुने, बेहोस हुने आदि लक्षणहरु देखा पर्नु डेंगुको जटिल अवस्था हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij