
Apr 07 2025 | २०८१, चैत २५ गते
ललितपुर । प्रहरी परिसर ललितपुरको टोलीले विभिन्न ठाउँबाट नक्कली नोट समातेको छ । परिसरको टोलीले सातदोबाटो, मंगलबजार र इमाडोलबाट करिब तीन लाख बराबरको नक्कली नोट बरामद गरेको हो । प्रहरी स्रोतका अनुसार बजारमा एक हजार दरका नक्कली नोटको बिगबिगी भएको खबरपछि ललितपुर प्रहरी सक्रिय बनेको हो ।
ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले नक्कली नोटको कारोबार बढी देखिएको र नागरिक सतर्क रहनुपर्ने बताउँदै भने, ‘हाम्रो टोलीले मुख्य कारोबारी पक्राउसँगै सबैलाई जानकारी दिइनेछ ।’
यसैबीच, प्रहरी परिसर ललितपुरमा प्रहरी उपरिक्षक प्रविण पोखरेल हाजिर भएका छन् । एसपी सुधिर शाहीको सरुवासँगै पोखरेल हाजिर भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij