
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । आन्तरिक राजस्व विभागले जारी गर्ने नक्कली स्टिकर सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले वीरगन्ज महानगरपालिका–१५ घर भएका २७ वर्षीय मनिष कुमार शाह तेली र २५ वर्षीय रञ्जन कुमार राम पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डीएसपी) दीपक गिरीका अनुसार आरोपीहरूले भारतीय बजार रक्सौलबाट राजस्वको विभागका नक्कली स्टिकर ल्याएको अनुसन्धानबाट थाहा भएको बताए ।
आरोपीहरूको साथबाट प्रहरीले मदिराको बोतलमा प्रयोग गरिने १ पाना स्टिकर (३९ थान) बरामद गरेको छ । दुई पाना स्टिकरको फोटोकपी पनि भेटिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij