
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । चितवनको भरतपुर महानगपालिका–२९, केराबारीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । हिजो साँझ ६ बजे ना६ख ३३१२ नम्बरको ट्रकले वाग्मती प्रदेश ०३ ००३ प ६५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक तनहुँको भानु नगरपालिका–८ का ३८ वर्षीय सञ्जीवबहादुर रायमाझीको उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने ट्रकसहित चालकलाई प्रहरीचौकी जुगेडीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij