
Apr 07 2025 | २०८१, चैत २५ गते
ललितपुर । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २९ गते विश्वासको मत लिने भएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नवनियुक्त प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयमा छलफल भएको थियो ।
बैठकमा सहभागी एक नेताका अनुसार सो छलफलपछि प्रधानमन्त्री दाहालले पुस २९ गते विश्वासको मत लिनेबारे समझदारी भएको हो । प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले पुस २९ गते विश्वासको मत लिने तयारी गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij