
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नयाँ गठबन्धनको संयोजकमा सत्ता साझेदार दलको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ ।
बालुवाटारमा आज बसेको बैठकले न्युनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा नेतृत्व गर्न ओलीलाई संयोजक तोकेको हो । सत्ता संचालनमा ओली नेतृत्वको समितिले पनि सहयोग गर्ने बताईएको छ । समितिमा सत्ता साझेदार सबै दलका नेता सदस्य हुनेछन् ।
हालसम्म सत्ता गठबन्धनमा नेपाल समाजवादी पार्टीसहित ८ दल सामेल भएका छन् । एक साताभित्रै न्युनतम साझा कार्यक्रम तयार पार्ने सहमति पनि बैठकमा भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij