
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । काठमाडौंको नरदेवीमा गएराति आगलागी भएको छ । सुरक्षाकर्मीहरुको ४ घण्टाको प्रयासपछि आगो निभाइएको थियो । बिजुली सर्ट भएर सो आगलागी भएको थियो । आगलागी हुँदा कवाडी संकलन केन्द्रमा क्षती पुगेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आगो नियन्त्रकहरूको प्रयासले मानवीय र अन्य क्षति हुनबाट रोकिएको जनाएको छ । ३ वटा पुराना घरमा सामान्य क्षति पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij