काठमाडौं । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।
सत्ता गठबन्धनको बैठकमा सत्ता बाँडफाँड र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने बताइएको छ । त्यस्तैगरी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल हुने जनाइएको छ ।
उक्त बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतका नेताहरुको सहभागिता रहेको छ ।