
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने प्रतिवद्धता जनाएका छन् ।
सोमवार साँझ अर्थमन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले बिग्रँदो अर्थतन्त्रबाट चिन्तित समस्त नेपाली समाज र अर्थसम्बद्ध संघ-संस्था सबैलाई समस्या समाधानमा आश्वस्त तुल्याउने बताए ।
चुनौति रहे पनि काबुबाहिर नभएकाले समस्या समाधान गरिने उनले बताए । अर्थ क्षेत्रका सरोकारवाला र विज्ञहरूसँगको छलफलबाट अर्थतन्त्रलाई सही दिशा दिने उनको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij