
Apr 09 2025 | २०८१, चैत २७ गते
ललितपुर । गृहमन्त्री बालकृष्ण खाँणले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।
उनले आज बिहान एक शुभकामना सन्देशमार्फत् स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको र विविधतायुक्त सबै जाति, भाषा, धर्म, समूदाय र संस्कृतिको संरक्षण गर्न तथा तिनीहरूको प्रवर्धन गर्न सरकार सकारात्मक रहेको छ’ उनले सन्देशमा उल्लेख गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij