Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

देउवा र प्रचण्डबीच भेटवार्ता

देउवा र प्रचण्डबीच भेटवार्ता

  • काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले छलफल भइरहेको छ । नेताद्वयबीच मात्र वार्ता भइरहेको हो ।

    images
    images
    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीचको वार्ता जारी रहेको स्रोतले जानकारी दिए। नयाँ सरकारको नेतृत्वका लागि यी दुवै नेताले पहल गरिरहेका छन् । आजै बालुवाटरमा सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूको बैठक पनि बस्ने बताइएको छ ।

    गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रका नेताले पहिलो चरण अर्थात् अब दुई वर्षका लागि सरकारले नेतृत्वमा दाबी गरिरहेका छन् ।

    गठबन्धनका शीर्ष नेताको बैठकमा सरकार गठनसहित, राष्ट्रपति, सभामुखलगायत पदमा भागबन्डाका विषयमा समेत छलफल हुनेछ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई सरकार गठनका लागि दाबी पेस गर्न आज बेलुकासम्मको समय दिएकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij