
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज सकिँदैछ । राष्ट्रपतिले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आज अपराह्न ५ बजेसम्मको समय दिएकी थिइन् ।
संविधानको यो धाराअनुसार प्रतिनिधि सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्नेछन् । तर, दाबी पेस गर्ने म्याद सकिन लाग्दा पनि दलहरूले भने सहमति गर्न सकेका छैनन् ।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दिएको समय आज अपराह्न ५ बजे सकिदैछ । तर, अझै पनि कस्को पक्षमा १३८ सांसद पुग्छन्, भन्न सकिने अवस्था छैन, नेताहरूको दौडधुप जारी छ ।
अहिलेकै सत्ता गठबन्धनले नयाँ सरकार बनाउने बलियो सम्भावना रहे पनि को प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति जुटेको छैन । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुबैले दाबी गरिरहेका छन् । आलोपालो प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति जुटे पनि पहिलो कार्यकाल कसले चलाउने भन्ने विषयमा विवाद छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij