Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

म्यानमारमा ‘आधिकारिक कागजातबिना’ यात्रा गरेको आरोपमा ११० भन्दा बढी रोहिंग्या पक्राउ

म्यानमारमा ‘आधिकारिक कागजातबिना’ यात्रा गरेको आरोपमा ११० भन्दा बढी रोहिंग्या पक्राउ

  • म्यानमारका अधिकारीहरूले बालबालिकासहित ११० भन्दा बढी रोहिंग्यालाई ‘आधिकारिक कागजातबिना’ यात्रा गरेको आरोपमा पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । म्यान्मारको ग्लोबल न्यू लाइटका अनुसार दक्षिणपूर्वी शहर बोगालेमा एक दर्जन बालबालिकासहित ११२ जनालाई पक्राउ गरिएको छ भने ३५ जनालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

    images
    images
    images

    उक्त समूहलाई ‘बङ्गाली’ भनिएको र प्रतिवेदनमा पक्राउ भएको मिति उल्लेख गरिएको छैन तर स्थानीय सञ्चारमाध्यमले प्रहरी स्रोतलाई उद्धृत गर्दै डिसेम्बर २० को बिहान उक्त घटना भएको बताएका छन् ।

    बङ्गलादेशबाट आएका आप्रवासीका रूपमा व्यापक रूपमा हेरिने मुस्लिम अल्पसङ्ख्यक समूहका सदस्यहरूलाई स्वास्थ्य सेवा र शिक्षाको पहुँचसहित नागरिकताबाट बञ्चित गरिएको छ, साथै, उनीहरूलाई अक्सर यात्रा गर्न अनुमति चाहिन्छ । ग्लोबल न्यू लाइटका अनुसार स्थानीय अदालतले समूहका ३५ जनालाई बिना कागजात यात्रा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ भने १८ वर्षमुनिका १३ जनालाई २० वर्ष नपुगुञ्जेल ‘ट्रेनिङ इन्स्टिच्युट’ मा राखिने छ ।

    हरेक वर्ष हजारौं रोहिंग्याले आफ्नो ज्यान जोखिममा राखेर मलेसिया वा इन्डोनेसिया पुग्न जोखिमपूर्ण यात्रा गर्छन् । सन् २०१७ मा म्यान्मारमा भएको सैन्य कारबाहीका कारण हत्या, बलात्कार र आगजनीका पीडादायी कथालिएर लाखौं रोहिंग्याहरू छिमेकी देश बङ्गलादेशमा भागेका थिए । म्यान्मारले संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालतमा नरसंहारको आरोप खेपिरहेको छ ।

    गत डिसेम्बर ५ मा व्यापारिक केन्द्र याङ्गुन नजिकैको हलेगु शहर नजिकै सडक किनारमा १३ रोहिंग्या मृत अवस्थामा फेला परेका थिए । यस घटनालाई लिएर म्यानमार प्रहरीले मानव बेचबिखन गर्ने गिरोहका १२ जना संदिग्ध सदस्यलाई पक्राउ गरेको जनाएको छ ।  रोहिंग्या स्रोत र स्थानीय सञ्चारमाध्यमका अनुसार मृतकहरू मानव तस्कर गिरोहले प्रयोग गर्ने एक तेल ट्याङ्करभित्र यात्रा गरिरहेको समय मृत्यु भएको अनुमान गरिएको थियो ।एजेन्सी 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij