Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

माओवादी संसदीय दलको नेतामा प्रचण्ड

माओवादी संसदीय दलको नेतामा प्रचण्ड

  • काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत् संसदीय दलको नेतामा चयन गरेको हो ।

    images
    images
    images

    त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले प्रचण्डलाई दलको नेता बनाउने निर्णय गरेको थियो ।

    त्यस्तै, दलको प्रमुख सचेतकमा हितराज पाण्डे सर्वसम्मत चयन भएका छन् । तर दलको उपनेता र सचेतक थप गृहकार्य गरेर मात्रै बनाउने प्रचण्डले बैठकमा जानकारी दिए । सरकार गठन भएपछि सचेतक र उपेनताको टुंगो लगाउने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij