Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

पार्टीलाई व्यवधानमुक्त राख्नेछुः प्रधानमन्त्री देउवा

पार्टीलाई व्यवधानमुक्त राख्नेछुः प्रधानमन्त्री देउवा

  • काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टीलाई व्यवधानमुक्त राख्ने काममा लाग्ने बताएका छन् । बुधबार (आज) कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

    images
    images
    images

    देउवाले आफूलाई दलको नेतामा विजयी गराएकामा सांसदहरूलाई धन्यवाद व्यक्त गरे । उनले अबका दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजान आफू प्रतिबद्ध रहेको बताए । 'सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रो रूपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधानमुक्त राख्नेछु,'देउवाले भने । 

    कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा देउवा ६४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी महामन्त्री गगन थापाले २५ मत पाए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij