
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडाैं । नेपाली कांग्रेसको इतर पक्षले पार्टी संसदीय दलको नेतामा सिफारिस गरेको गगन थापाको प्रस्तावकमा नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहने भएका छन् ।
मंगलबार अपराह्न सिंहदरबार स्थित होटल बसेरामा बसेको इतर पक्षको बैठकले कोइराला र गुरुङलाई प्रस्तावक र समर्थक बनाउने निर्णय गरेको हो ।
कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ । संसदीय दलमा संस्थापन पक्षबाट भने शेरबहादुर देउवा उम्मेदवार रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij