
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । रामेछापको लिखु तामाकोशी–१ दुरागाउँका वडा सदस्य विमल सुनुवारको निधन भएको छ । गत शनिबार दिउँसो भुजीमा भएको बोलेरो दुर्घटनामा घाइते ३९ वर्षीय सुनुवारको वीरेन्द्र अस्पताल, छाउनीमा उपचारको क्रममा गएराति निधन भएको गाउँपालिकाकी उपाध्यक्ष दिपा पाख्रिनले जानकारी दिए ।
उनका अनुसार सुनुवारको आजै पशुपति आर्यघाटमा दाहसंस्कारको तयारी गरिएको छ । सुनुवार एमालेबाट निर्वाचित वडा सदस्य हुन् । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार उमाकुण्ड लिग फुटबल हेर्न दुरागाउँबाट भुजी जाँदै गरेका यात्रु सवार बा ११ च ७५९१ नम्बरको बोलेरो भुजीको एकतारे छाँगामा दुर्घटना हुँदा ९ जना घाइते भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij