
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश वितरण गर्ने भएको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कायम चुक्ता पुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजारको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ६.४७ प्रतिशत नगद लाभांश गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने बैंकले निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा प्रस्तावित लाभांश वितरण हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij