
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे घर भई काठमाडौंको सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकार रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका-९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नम्बरको बसको ठक्करबाट रञ्जितकारको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij