
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नेकपा एमालेले पार्टीबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुको भेला बोलाएको छ । एमाले नेता तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पुस ५ गते काठमाडौको कमलादीमा भेला आयोजना गरिएको जानकारी दिएका छन् ।
प्रतिनिधि सभासहित सातै प्रदेशका सांसदहरुलाई भेलामा सहभागिताका लागि पत्राचार गरिएको उनले बताए । पार्टीका शीर्ष नेताहरुले भेलामा सहभागीहरुलाई प्रशिक्षण दिने जनाइएको छ ।
नेकपा एमालेबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ जना निर्वाचित भएका छन् भने प्रदेश सभामा दुवै निर्वाचन प्रणालीबाट १६१ जना निर्वाचित भएका छन् । प्रतिनिधि सभा र प्रदेश सभामा एमालेका जम्मा २३९ जना सासद रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij