
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित साहले तोकिएको समय ३० दिनभित्रमा खर्च विवरण नबुझाएको भन्दै आयोगले साहलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
६ महिनाभित्र उक्त जरिवाना नबुझाएमा महानगर प्रमुखको पद नै खारेज हुने भएकोले साहले आयोगमा जरिवाना मिनाहाको निवेदन दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij