
Apr 18 2025 | २०८२, वैशाख ५ गते
ललितपुर । रातो मच्छिन्द्रनाथलाई बुङमतिबाट पाटन ल्याइएको छ। बुङमतिबाट मच्छिन्द्रनाथलाई मंगलबार पाटन ल्याइएको हो। हरेक वर्ष पाटनबाट सुरु हुने यो जात्रा बुङमतिमा पुगेर सकिन्छ।
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई बुङमतीमा र पाटनमा ६/६ महिना राखिने चलन छ। बुगमतीमा ६ महिना राखेर देवतालाई पाटन ल्याइएको हो।
देवतालाई बुङमतीबाट खटमा बोकेर पाटन ल्याइने गरिन्छ। सोही क्रममा विधिवतरुपमा पूजा गर्ने चलन पनि रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij