Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सुकुम्वासीद्वारा घेरे काठमाडौं महानगर

सुकुम्वासीद्वारा घेरे काठमाडौं महानगर

  • काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । महानगरपालिकाले सोमबार थापाथलीस्थित बागमती किनारको सुकुम्वासी बस्ती उठाउन खोजेपछि विभिन्न ठाउँमा सरकारी जमिन अतिक्रमण गरी बस्दै आएकाहरु एकजूट भई महानगरपालिका घेर्न पुगेका हुन ।

    images
    images
    images

    सुकुम्वासीहरु ठूलो संख्यामा रहे पनि नेपाल प्रहरी भने मुकदर्शक बनेको छ । माथिको आदेश भन्दै प्रहरीले महानगरपालिकालाई असहयोग गरेको छ भने सुरक्षामा नगर प्रहरी मात्रै तैनाथ गरिएको छ ।

    यसैबीच, काठमाडौं महानगरले थापाथलीमा सोमबार भएको झडपमा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरु विरुद्ध जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा उजुरी गरेको छ ।

    हतियारसहित आक्रमण गरी नगर प्रहरीलाई घाइते बनाउनेहरु विरुद्ध महानगरले किटानी उजरी गरेको हो । सुकुम्वासीहरुको आक्रमणबाट महानगर प्रहरी बल प्रमुख राजु पाण्डे सहित १८ जना नगर प्रहरी घाइते भएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij