Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी वस्ती हटाउने क्रममा बस्तीका बासिन्दा र प्रहरीबीच भएको भिडन्तमा घाइते भई उपचाररत नगर प्रहरीको स्वास्थ्य अवस्था बुझ्न काठमाडौँ महानगरपालिककी उपमेयर सुनिता डंगोल नर्भिक अस्पताल पुगेकी छन्।
झडपमा परि ३४ जना नगर प्रहरी घाइते भएका थिए। ती मध्ये १५ जना महिला प्रहरी रहेको डंगोलले जानकारी दिइन्। बागमती खोला छेउमा रहेको सुकुम्बासी बस्ती हटाउन डोजर चलाउन खोज्दा सुकुम्बासीहरूले ढुंगामुढा गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij