Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

रास्वपाले माओवादीलाई उछिन्यो

रास्वपाले माओवादीलाई उछिन्यो

  • काठमाडौं । समानुपातिक निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्तत्र पार्टीले नेकपा माओवादी केन्द्रलाई उछिनेको छ । जारी मतगणनाअनुसार सो पार्टीले सोमबार बिहानसम्म तेस्रो स्थानमा रहेको पार्टीले १० लाख ५९ हजार ७६ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले १० लाख ५१ हजार १४३ मत ल्याएको छ ।

    images
    images
    images

    हालसम्म ९२ लाख २७ हजार ५४ मत गनिसकिएको छ । सोही समयमा एमालेले २५ लाख १६ हजार ५९२ मतसहित पहिलो स्थान बनाएको छ भने नेपाली कांग्रेसले २३ लाख ८५ हजार १०३ मतसहित दोस्रो स्थान बनाएको छ ।

    त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार १४८ मत ल्याएर पाँचौ पार्टी बनेको छ । समानुपातिकतर्फ नै जसपाले ३ लाख १७ हजार ४४ मत ल्याएर छैठौं स्थानमा रहेको छ भने  सातौँमा नेकपा एकीकृत समाजवादीले २ लाख ४८ हजार मत पाएको छ । ​समाजवादी तीन प्रतिशत थ्रेस होल्ड कटाउने प्रयासमा छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij