Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

रेखा थापाका लागि अभिनेत्री मनीषा कोइरालाले मागिन भोट

रेखा थापाका लागि अभिनेत्री मनीषा कोइरालाले मागिन भोट

  • काठमाडौँ । मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएकी राप्रपा नेतृ रेखा थापाका लागि अभिनेत्री मनीषा कोइरालाले भोट मागेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि मनीषाले एक भिडियो सन्देशमार्फत् रेखालाई भोट मागेकी हुन् । उनले रेखालाई निडर र हिम्मतवालीको संज्ञा दिँदै जितको लागि शुभकामना समेत दिएकी छन् ।

    images
    images
    images

    रेखाले सामाजिक संजालमा मनीषाले भोट मागेको भिडियो शेयर गरेकी छन् । मनिषाले मात्र नभई विभिन्न सेलिब्रेटीले समेत सामाजिक संजाल मार्फत रेखाका लागि भोट मागिरहेका छन् । गत मंगलबार मनीषाले काठमाडौं क्षेत्र नम्बर १ का राप्रपाका प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्रका लागि पनि भोट माग्दै घरदैलो कार्यक्रममासमेत सहभागी भएकी थिइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij