
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको छ। बुधबार बिहान अपरिचत व्यक्तिको समूहले श्रेष्ठको गाडीमाथि तोडफोड गरेका हुन्। श्रेष्ठको बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले बिहान ११ बजेतिर तोडफोड गरेको प्रहरीले जनाएको छ
गाडी रोकेर भेटघाटमा रहेको बेला भरतपुर महानगरपालिका वडा नं १० पुरानो मेडिकल कलेज अगाडि श्रेष्ठको गाडीमाथि तोडफोड भएको हो। तीनवटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ। केही दिनअघि चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको गाडीमा पनि तोडफोड भएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij