
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले दैनिक रुपमा निर्वाचनको प्रचारप्रसारको लागि उम्मेदवारले गरेको खर्चको विवरण आयोगलाई पठाउनुपर्ने भएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्व बसेको बैठकले सो निर्णय गरेको हो ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा आचारसंहितालाई कडाईका साथ लागू गर्न उक्त निर्णय गरिएको हो । उम्मेदवारले निर्वाचन आचारसंहिता पालन तथा सो सम्बन्धमा गरेका क्रियाकलाप, निर्वाचन प्रचारप्रसारको खर्च आयोगले तोकेको निश्चित सीमाभित्र रही गरे नगरेको अनुगमन गरी साँझ ७ बजे प्रतिवेदन पठाउनुपर्ने बैठकले जनाएको छ ।
प्रतिवेदन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले जिल्लास्थित कार्यालयमा र जिल्लास्थित कार्यालयले आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा पठाउनु पर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij