
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध लगाइएको छ । उडिरहेको विमानको ककपिटमा यात्रुलाई प्रवेश दिएर गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले लामालाई उडानमा प्रतिबन्ध लगाएको हो ।
केही समयअगाडि दुबईबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी विमानको ककपिटभित्रै एक भ्लगरलाई प्रवेश दिएर क्याप्टेन लामाले गम्भीर सुरक्षा लापरबाही गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण –क्यानले जनाएको छ ।
चिनिया भ्लगर साम चुईले गत ५ नोभेम्बरमा आफ्नो भ्लग युट्युबमा प्रकाशन गरेपछि यात्रुलाई ककपिटमा प्रवेश दिएको र उडान कर्मचारीसँग भिडियो वार्ता गरेको जानकारी आएको थियो । तर त्यसका लागि अनुमति नै नलिइएको पाइएपछि यसले गम्भीर सुरक्षा चुनौती थपिएको भन्दै लामालाई तत्कालका लागि उडानमा प्रतिबन्ध लगाएर स्पष्टीकरण माग गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij