
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । भक्तपुर नगरपालिका-१ सिर्जनानगरस्थित निरुज आइसक्रीम कारखानामा आगलागी भएको छ । सुर्यविनायक नगरपालिका-७ गुण्डु किवाचोकका रामहरि खत्रीलगायतले संचालन गरेको आइसक्रीम कारखानामा मंगलबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिजुली सर्ट भई आगलागी भएको हुनसक्छ । आगलागीबाट करिब साढे २ करोड रुपैयाँ क्षति भएको जनाइएको छ ।
साँझ ७ बजेबाट लागेको आगो जुद्व बारुण यन्त्र भक्तपुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना,स्थानीयलगायतको समन्वयमा निभाइएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij