Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

नक्कली नोटसहित ५ जना पक्राउ

नक्कली नोटसहित ५ जना पक्राउ

  • काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा १ हजार दरको ११ थान नक्कली नोटसहित ५ जना पक्राउ परेका छन् । प्रहरीले गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँ बस्ने ३१ वर्षीया दुर्गा महर्जन लगायत ५ जनालाई शनिबार राति पक्राउ गरेको छ । 

    images
    images
    images

    प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरूको साथबाट उक्त नक्कली नोट बरामद गरको हो ।

    साथै उनीहरुको साथबाट १ हजार दरको ३६ थान र ५ सय दरको  ९७ थान समेत गरी जम्मा ८४ हजार ५ सय रूपैयाँ सक्कली नोट समेत प्रहरीले बरामद गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij