Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

जुवातास खेलिरहेका ३१ जना कारवाहीमा

जुवातास खेलिरहेका ३१ जना कारवाहीमा

  • काठमाडौँ । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ कुवाटोलस्थित टहरामा जुवातास खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले नगद १ लाख १ हजार ९ सय रुपैयाँ र १६ थान कौडासहित उनीहरुलाई फेला पारेको हो । 

    images
    images
    images

    चितवनको भरतपुर महानगरपालिका–१६ सानोगढीस्थित मीत बा खाजा घर एण्ड कटेजमा जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले नगद १ लाख ३९ हजार ९ सय ९० रुपैयाँ सहित पक्राउ गरेको हो ।

    त्यस्तै प्रहरीले कैलालीको टिकापुर नगरपालिका–८ बनगाउँस्थित जितु कटेजमा जुवातास खेलिरहेका १२ जनालाई  पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २९ हजार ४ सय रुपैयाँ र २ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij