
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । सरकारी वकिलमार्फत कमेडियन अपूर्व क्षितिज सिंहलाई आज अदालत उपस्थित गराएको छ । नेवारी संस्कृतिमाथि व्यंग्य गरेको आरोपमा उनी पक्राउ परेका थिए । अभियान्तले उनीविरुद्ध जिल्ला प्रहरी परिसरमा उजुरी दिएका थिए ।
उनलाई आज बिहान १० बजे अदालतमा उपस्थित गराइएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार रहेको छ । आजै उनको थुनछेक बहस हुने भएको छ ।
उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेर ११ दिन हिरासतमा राखेको थियो । पछि कोरोना संक्रमण भएको भन्दै हाजिरी जमानीमा छोडिएको थियो ।
केही दिन अगाडि प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको थियो । उनलाई अदालतमा पेश गर्नुपर्ने भएकोले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij