Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

अब औद्योगिक क्षेत्र फस्टाउँछन् : मन्त्री भट्ट

अब औद्योगिक क्षेत्र फस्टाउँछन् : मन्त्री भट्ट

  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित  औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताउनुभएको छ । कैलालीको टीकापुरमा रहेको खाद्य गोदामको आज अवलोकन गर्दै उहाँले औद्योगिक क्षेत्रको विकासमा सरकारले उच्च प्राथमिता दिएको जानकारी दिनुभयो ।  उहाँले टीकापुरमा मैदा कम्पनी र बर्दियाको राजापुरमा चिउरा मिल सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । “लम्की, टीकापुर, नारायणपुर, खक्रौलासँगै हुलाकी सडक जोडिएकाले यहाँको उद्योग व्यापार फस्टाउने  छ । यसमा पनि यस क्षेत्रमा सार्वजनिक जग्गाको पनि कमी छैन, “मन्त्री भट्टले भन्नुभयो, “सडक सञ्जाल अव्यवस्थित भएकाले व्यवस्थित गर्न जरुरी छ । सडक व्यवस्थित भए टीकापुर क्षेत्रको सम्भावना धेरै छ ।” कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा फ्लोर मिल र औद्योगिक क्षेत्र सञ्चालन  गर्न आग्रह गर्नुभयो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij